site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले पहिलो हाफमा फिलिपिन्सलाई रोक्न सफल

काठमाडौं । फिलिपिन्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टिमलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको छ ।

फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले प्राप्त मौकाको सदुपयोग गर्न नसक्दा अग्रता लिन सकेनन् ।

फिलिपिन्सविरुद्ध नेपाली टिमबाट मिडफिल्डर लाकेन लिम्बू र रक्षक विमल पान्डेले ‘डेब्यु’ गरेका थिए । लाकेन थ्री स्टार र विमल त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्छन् ।

साफ च्याम्पियनसिपको तयारी र मैत्रीपूर्ण खेलका लागि नेपाली टिम जेठ २९ गते फिलिपिन्स गएको थियो । फिलिपिन्समा एउटा मैत्रीपूर्ण खेलपछि नेपाली टिम भारतमा हुने च्याम्पियनसिपका लागि प्रस्थान गर्ने छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्