site stats
बाह्रखरी :: Baahrakhari
देश
कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता
प्रतीकात्मक तस्बिर ।

गैँडाकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३, कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन् ।

गैँडाकोट नगरपालिका–३, हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापू्र्व)का सूचना अधिकारी सन्तोष पाठकले बताए ।

नदीमा डुबेर बेपत्ता हुनेमा गैँडाकोट नगरपालिका–२, शिलान्यास चोक बस्ने २५ वर्षीय रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२, टाँडी बस्ने २४ वर्षीय सुरज सुवेदी रहेका छन् ।

बेपत्ता भएका दुवैजनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको सूचना अधिकारी पाठकले बताए । रासस

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २३:२७
प्रतिक्रिया दिनुहोस्