site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

आज अपराह्न १ बजेर १ मिनेटमा बस्नै बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बारेमा जानकारी गराइने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रिसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्