site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणगढ–मुग्लिनखण्डमा सुक्खा पहिरो, दुईतर्फी सडक अवरुद्ध
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

सोमबार इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुक्खा पहिरो खसेको हो । दिउँसो २ः३५ बजे सुक्खा पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्