site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पशुपतिप्रसाद’ १३ दिनमा, ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ ५६ दिनमा सकियो छायांकन 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को छायांकन सकिएको छ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को छायांकन ५६ दिनमा सकिएको हो ।

“मेरो करिअरकै यो लामो छायांकन भएको चलचित्र हो । अब भोलिबाट सम्पादनमा बस्छौँ” उनले भने । एक महिनाको सेड्युल बनाएर छायांकन सुरु भए पनि ५६ दिन लागेको उनले बताए । ‘पशुपतिप्रसाद’ १३ दिनमा छायांकन सकिएको थियो ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको चलचित्रमा विपीन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, आँचल शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् । 

चलचित्र आउँदो दसैंको फूलपातीमा रिलिज हुनेछ । 

‘पशुपतिप्रसाद–२: भष्मे डन’लाई भीडबाट जोगिनै मुस्किल

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्