site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्छ : मन्त्री किराती
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा बाहिङ किरात मुलुखिमले आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको पनि बताए ।

नेपालीलाई सुख, नेपालको विकास र समृद्धि होस् भनेर लोकतन्त्र ल्याएको भन्दै उनले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको टिप्पणी गरे ।

अब ढिलो नगरी ठूलाठूला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्नेमा उनले जोड दिए ।

हिजो देशको गृह प्रशासन चलाउनेहरू नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको उनको भनाइ छ ।

अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले यसको अन्त्य हुनुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा मन्त्री किरातीले बाहिङ–नेपाली–अंग्रेजी शब्दकोषको विमोचन समेत गरेका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्