site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिमालयन बैंकले संकटा क्लबलाई दियो १० लाख रुपैयाँ

काठमाडौं । हिमालयन बैंकले ‘सहिद स्मारक 'ए' डिभिजन’ फुटबल प्रतियोगितामा सहभागी रहेको संकटा क्लबलाई रुपैयाँ १० लाख प्रदान गरी प्रायोजन गरेको छ ।

खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न सहयोस्वरूप रकम दिइएको बैंकले जनाएको छ ।

बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकासमा योगदान प्रदान गर्दै आएको छ ।

बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई रकम हस्तान्तरण गरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्