site stats
बाह्रखरी :: Baahrakhari
देश
संखुवासभामा तास खेलिरहेका नौजना समातिए
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । संखुवासभामा तास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–९, तुम्लिङटार एयरपोर्टछेउस्थित दीपा होटेल एन्ड लजका सञ्चालक ५८ वर्षीय खगेन्द्र कार्कीसहितका व्यक्तिहरू छन् ।

उक्त होटेलमा जुवातास खेलिरहेको अवस्थामा शनिबार (जेठ १०) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद एक लाख १२ हजार ३८० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्