site stats
बाह्रखरी :: Baahrakhari
देश
निजामती विधेयकमा कर्मचारीको विरोध, भन्छन्– सेवासुविधा कटौती गरिँदै छ

काठमाडौं । प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही प्रावधानप्रति असहमति जनाउँदै निजामती कर्मचारी आन्दोलित भएका छन् । विधेयकमा रहेका वृत्ति विकास, सेवासुविधा र अन्य प्रावधानमा असन्तुष्टि जनाएका कर्मचारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन् ।

निजामती कर्मचारी युनियनका प्रतिनिधिले विधेयकमा कर्मचारीको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्‍टता रहेको र सेवासुविधा कटौती गर्ने प्रावधान राखिएको बताएका छन् ।

Argakhachi Cement Island Ad

नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले आफूहरूले पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र १० वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था कायम हुनुपर्ने माग राखेको बताए । यस्तै, कर्मचारीको अन्तरप्रदेश सरुवा हुनुपर्नेलगायत माग कर्मचारीले राखेका छन् ।

"अहिले मेचीको मान्छेले दार्चुलामा नियुक्ति लिएको छ, त्यस्ता मान्छेले एकपटक आफ्नो घर जान पाउने कि नपाउने ? स्थानीय तहमा रहेका प्रदेशका सबै साथीहरूको अन्तरप्रदेश सरुवाको व्यवस्था गरियोस्," उनले भने ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्