देश

काठमाडौं । रोशनी शाही मृत अवस्थामा फेला परेकी छन् । उनी आइतबार (आज) दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित आफ्नै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
‘‘शाही आफ्नै भाडामा लिएको फ्ल्याटभित्र मृत फेला परेकी छन् । हामीले उनको श्रीमान् बाहिर भएका कारण शव उठाएका छैनौँ । तर, जनप्रतिनिधिको रोहबरमा कोठा खोलेर हेर्दा घोप्टो परेको अवस्थामा शव फेला परेको हो,’’ उनले भने ।
शाहीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपपछि महरा पक्राउ परेका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ १७:१७
प्रतिक्रिया दिनुहोस्