site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शपथलगत्तै अर्थमन्त्री भेट्न गए गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छन् । गभर्नरको शपथ लिएलगत्तै पौडेलले बुधबार अर्थ मन्त्रालय पुगेर मन्त्री पौडेललाई भेटेका हुन् । 

सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्न निर्देशन दिँदै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखापरेका समस्या समाधानमा नवनियुक्त गभर्नरको महत्त्वपूर्ण पहल रहने विश्वास व्यक्त गरे । 

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने उल्लेख गरे । 

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिएका थिए । 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्