देश

काठमाडौं । नेपाल प्रहरीको एआईजी पदमा बढुवानिम्ति डीआईजी सिद्धिविक्रम शाहको नाम सिफारिस गरिएको छ । मंगलबार (जेठ ६) बसेको बढुवा समितिको बैठकबाट शाहको नाम सिफारिस गरिएको हो ।
आउँदा दिनमा रिक्त हुने उक्त पदमा शाहलाई सिफारिस गरिएको प्रहरी महानिरीक्षक एवं बढुवा समितिका सदस्यसचिव दीपक थापाले जानकारी दिए ।
यही जेठ १० गते उमेरहदका कारण अवकाशमा जान लागेका एआईजी लालमणि आचार्यको दरबन्दी रिक्त हुने भएपछि शाहलाई सिफारिस गरिएको हो । उनी हाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोमा कार्यरत छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ २१:०३
प्रतिक्रिया दिनुहोस्