site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुलीमा बेवारिसे शव फेला

सिन्धुली । सिन्धुलीमा मंगलबार (जेठ ६) दिउँसो एक व्यक्तिको शव फेला परेको छ । गोलञ्जोर गाउँपालिका–७ स्थित सुनकोसी नदीमा शव फेला परेको हो ।

पश्चिम दिशाबाट बग्दै आएको अवस्थामा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव नदीमा देखिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय खुर्कोटबाट टोली त्यसतर्फ गएको थियो । त्यहाँबाट प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलको नेतृत्वमा टोली खटिएको थियो ।

विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोर टोलीसँगको सहकार्यमा शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

उनका अनुसार, मृतक पुरुषको दाहिने हातको नाडीमा ‘NURJIT’ लेखिएको ट्याटु, दाहिने कानमा चाँदीजस्तो देखिने दुई मुन्द्रा र शरीरको तल्लो भागमा निलो रङको कट्टुमा रातो रङका तीन धर्सा देखिएकोे छ ।

शव फेला परेको स्थान इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ३०० मिटर उत्तरतर्फ पर्छ । मृत फेला परेका पुरुषको पहिचान हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २३:३२
प्रतिक्रिया दिनुहोस्