site stats
बाह्रखरी :: Baahrakhari
देश
सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४, घुम्तीमा मंगलबार (जेठ ६) दिउँसो यात्रीवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना५ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।

चालकले नियन्त्रण गुमाउँदा बस सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो । बस दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रदेश अस्पताल दमौली, रत्नहरि अस्पताल दमौली र म्याग्दे पोलिक्लिनिकमा भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए ।

दुर्घटनामा बसका चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २९ वर्षीय शेरबहादुर वली, सहचालक कास्कीको पोखरा महानगरपालिका–२१ का २६ वर्षीय सञ्जय अधिकारी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २८ वर्षीय अशोक विक समेत घाइते भएका छन् । रासस

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्