site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्यालेस्टिनीलाई खान युनिस खाली गर्न इजरायली सेनाको चेतावनी

काठमाडौं । इजरायली सेनाले खान युनिस, बानी सुहेला र अबासनमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई तुरुन्तै त्यो ठाउँ छोड्न चेतावनी दिएकाे छ ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)का प्रवक्ता अवीचाई अड्राईले सामाजिक सञ्जाल एक्समा आईडीएफले यस क्षेत्रमा आतंकवादी संगठनहरूको शक्तिलाई नष्ट गर्न अभूतपूर्व आक्रमण सुरु गर्ने बताएका छन् । "तिमीहरू सबै तुरुन्तै पश्चिम तर्फको मावा क्षेत्रतिर लाग्नुपर्छ," उनले लेखेका छन् ।

उनले थप भने, "खान युनिस अब खतरनाक युद्ध क्षेत्र मानिनेछ ।"

यसअघि इजरायली सेनाले गाजामा ठूलो जमिन अपरेसन सुरु गरेको बताएको थियो ।

साथै, इजरायलले गाजामा 'आवश्यक मात्रामा खाना' पठाउन अनुमति दिने र १० हप्ताको नाकाबन्दीपछि भोकमरीको संकट नहुने बताएकाे छ । बीबीसी

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्