साहित्य

जसरी विचारहरूको काइँयोबाट
एउटा काँडा भाँचियो
जसरी विवेकको कुर्ताको
एउटा टुक्रा उड्यो
जसरी आस्थाको आँखामा
एउटा छेस्का घोचियो
निद्राले जसरी आफ्नो हातमा
सपनाको जलिरहेको कोइला समात्यो
नयाँ साल केही यसरी आयो
जसरी मुटुको धोकाले
एउटा अक्षर निभ्यो
जसरी विश्वासको कागजमा
मसी पोखियो
जसरी समयको ओठबाट
एउटा गहिरो सास निस्कियो
अनि, मानव जातको नजरमा
जसरी आँसु भरिएर आयो
नयाँ साल केही यसरी नै आयो
जसरी प्रेमको जिह्वामा
एउटा फोका उठेर आयो
सभ्यताको अँगालोहरूबाट
एउटा चुरा टुट्यो
इतिहासको औँठीबाट
एउटा नीलम खस्यो
र, जसै धरतीले आकाशको
एउटा अति उदास पत्र पढ्यो
नयाँ वर्ष केही यसरी आयो
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२ ०५:४६
प्रतिक्रिया दिनुहोस्