site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु भएको बताएका छन् । यो यथार्थलाई मनन् गर्न विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको उनले बताएका छन् । 

नेपाल सरकारद्वारा पहिलोपटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले यही यथार्थभित्र इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न संवाद आयोजना गरिएको उनले बताए । 

सामूहिक कदम चाल्न विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको उनले उल्लेख गरे । 

“आशा गर्छौं, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्”, प्रधानमन्त्री ओलीले भने, “जलवायु परिवर्तनको कारक मानिएका हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ ।” 

तर, वातावरण संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको उनले बताए । 

“तर, जलवायु परिवर्तनको असर भने धेरै भोगिरहेका छौँ । हाम्रा घरबासहरू पहिरोले बगाइरहेको छ,” उनले भने, “बाढी र खडेरी अकस्मात आउँछ, समस्या गर्छ । यसविरुद्ध हामी डटिरहेका छौँ ।” रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्