देश

काठमाडौं । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (जेठ २) काठमाडौंमा आयोजित विशेष समारोहमा संवादको शुभारम्भ गरे ।
समारोहमा स्वदेशी र विदेशी गरी ३५० भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन् ।
समारोहमा विशिष्ट अतिथिले सम्बोधन गर्ने क्रम जारी छ । आउँदो आइतबारसम्म सञ्चालन हुने संवादमा शुभारम्भ समारोहपछि विषयगत एवं समानान्तर सत्र सञ्चालन हुनेछ । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ १०:१९
प्रतिक्रिया दिनुहोस्