site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न माग

विराटनगर । सुनसरी–मोरङ, विराटनगर–रानी र विराटनगर–कटहरी औद्योगिक करिडोरमा हाल दैनिक आठदेखि १० घण्टासम्म विद्युत् आपूर्ति अवरोध भइरहेको भन्दै उद्योग संगठन मोरङले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

पूर्वसूचना नदिई हुने गरेको विद्युत् कटौतीले उद्योग, व्यवसाय नियमित सञ्चालनमा व्यवधान सिर्जना भई उत्पादन कटौती गर्नुपरेको संगठनले जनाएको छ । विद्युत् कटौतीबाट दैनिक करोडौँको आर्थिक नोक्सानी व्यहोर्नु परिरहेको भन्दै संगठनले प्राधिकरणलाई संवेदनशील हुन आग्रह गरेको छ ।

प्राधिकरणको नयाँ नेतृत्व विद्युत्को नियमित आपूर्ति र गुणस्तर सुधारमा केन्द्रित हुने अपेक्षा गरिए पनि यसतर्फ खासै चासो नदेखाई नाफा र नोक्सानमा केन्द्रित भएको संगठनको आरोप छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्