site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतले चिनियाँ सञ्चारमाध्यमहरूको एक्स खाता बन्द गरायो

काठमाडौं । भारतले विभिन्न चिनियाँ सरकारी सञ्चारमाध्यमको एक्स एकाउन्टहरू आफ्नो देशबाट नदेखिने गरी बन्द गराएको छ । भारतले हालैको भारत र पाकिस्तानबीच भएको सैन्य तनावका बेला चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले पाकिस्तानको पक्षमा प्रोपोगान्डा  फैलाएको आरोप लगाएको थियो ।

अरुणाञ्चल प्रदेशका केही स्थानलाई चीनले आफ्नो भन्दै नाम परिवर्तन गरेकोप्रति विरोध गरेको सन्दर्भका बीच भारतको यो कदम आएको द गार्जियन न्युजले जनाएको हो ।

भारतले आफ्नो देशबाट नदेखिने गरी बन्द गराएका चिनियाँ सञ्चारमाध्यमहरूको एक्स एकाउन्टहरूमा चीनको सरकारी समाचार संस्था सिन्ह्वा र ग्लोबल टाइम्स छन् । त्यसैगरी टर्कीको टीआरटी वर्ल्डको एक्स खाता पनि बन्द गराएको छ । टर्की र चीनले पाकिस्तानको पक्ष लिएको भारतको आरोप छ । तर, कानुनी चुनौती दिएपछि ग्लोबल टाइम्सको एकाउन्ट भने बिहीबारबाट खोलिएको बताइएको छ ।

गत हप्ता पनि भारतले आफ्ना नागरिकहरूसहित हजारौँ सामाजिक सञ्जाल एकाउन्टहरूलाई भारतबाट नदेखिने गरी बन्द गराएको थियो । उक्त कदमपछि प्रेस स्वतन्त्रताका पक्षधरहरूले व्यापक आलोचना गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्