देश

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को विदेश भ्रमण रद्द भएको छ । अन्तिम समयमा उनको भ्रमण रद्द भएको हो ।
मन्त्रिपरिषद्बाट समेत स्वीकृत भएको जापान भ्रमण रद्द भएको हो ।
बालेनको सचिवालयका अनुसार मे १३, १४ र १५ अथवा (वैशाख ३०, ३१ र जेठ १ गते) स्मार्टसिटी सम्बन्धि कार्यक्रममा सहभागी हुन जापान भ्रमण तय भएको थियो ।
“मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत भएर आएको थियो । तर, मेयरसाब जानु भएन,” महानगर स्रोतले भन्यो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ ०७:४०
प्रतिक्रिया दिनुहोस्