site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जेठ ६ मा हुने
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आगामी जेठ ६ गते हुने भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन् । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ । समूह १० मा रहेका सांसदहरूले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन समेत सभामुख घिमिरेले आग्रह गरे ।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्