अर्थ व्यवसाय

काठमाडौं । सरकारले मानव पुँजी निर्माणका लागि सबै नागरिकलाई उद्यमशील, उत्पादक र सक्षम बनाउने नीति लिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्मा आइतबार प्रस्तुत गरेको विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकतामा जनसांख्यिक लाभलाई उच्चतम उपयोग गरिने उल्लेख छ ।
“सबै नागरिकलाई उद्यमशील, उत्पादक र सक्षम बनाउन जोड दिइनेछ । मुलुकमा उपलब्ध जनसांख्यिक लाभलाई उच्चतम उपयोग गरिनेछ । उत्पादन र उत्पादकत्व वृद्धिका लागि आवश्यक ज्ञान, सीप र प्रविधियुक्त दक्ष जनशक्ति विकास गर्न ठोस कार्यक्रम तर्जुमा गरिनेछ,” सिद्धान्त र प्राथमिकताको बुँदा नम्बर २० मा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ १६:४६
प्रतिक्रिया दिनुहोस्