site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारत नियन्त्रित कश्मीरमा भएको भनिएको आक्रमणमा हाम्रो हात छैन : पाकिस्तानी रक्षामन्त्री

काठमाडौं । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारत नियन्त्रित कश्मीरमा भएको भनिएको आक्रमणमा पाकिस्तानको हात नरहेको दाबी गरेका छन् ।

ख्वाजा आसिफले बीबीसीलाई भने, “हामी यसलाई अस्वीकार गर्छौं । हामीले हालसम्म कुनै पनि आक्रमण गरेका छैनौँ ।”

उनले जोड दिँदै अगाडि भने, “जब पाकिस्तानले आक्रमण गर्छ, सबैले त्यो थाहा पाउनेछन् । आक्रमण गरेर अस्वीकार गर्ने देश हामी होइनौँ,” उनले भने ।

उनको यो भनाइ भारत नियन्त्रित कश्मीरमा विस्फोट र ब्ल्याकआउटको समाचार आएको केही मिनेटपछि आएको हो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २३:२६
प्रतिक्रिया दिनुहोस्