site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बिहीबार हकप्रद जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले १ः१ अनुपातमा प्रतिसेयर १०० रुपैयाँका दरले ६१ लाख २७ हजार ९३८ कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्न अनुमति माग गरेको थियो ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्