site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतले मिसाइल आक्रमण गरेपछि बन्द गरिएको पाकिस्तानी हवाई स्पेस खुलाइयो
पाकिस्तानको मुरिदकेस्थित बुधबार ध्वस्त भवनको भग्नावशेषमा उभिएका एक व्यक्ति । तस्बिर : एएफपी ।

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा मिसाइल प्रहार गरेपछि बन्द गरिएको हवाई स्पेस (हवाई सीमा) पुनः खोलिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण स्रोतलाई उद्धृत गर्दै रोयटर्सद्वारा प्रकाशित समाचारअनुसार देशका विमानस्थल हाल पूर्ण रूपमा सञ्चालनमा रहेको सीएनएनले जनाएकोे छ ।

बिहीबार बिहान केही यात्रीवाहक विमानले पाकिस्तानको हवाई स्पेसमा उडान गरेका फ्लाइट रेडार २४ मा देखिएको छ । तर, अधिकांश उडान अझै पनि पाकिस्तान–भारत सीमाक्षेत्रभन्दा टाढैबाट भइरहेको देखिएको जनाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्