site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारत–पाकिस्तान तनावप्रति रुसको चिन्ता, संयमता अपनाउन आह्वान

काठमाडौं । रुसले भारत–पाकिस्तानबीच बढ्दो टकराबप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । रुसले दुवै देशलाई संयमता अपनाउन आह्वान गरेको छ ।

पाकिस्तानी भूमिमा गए राति भारतले हवाई आक्रमण गरेपछि रुसको विदेश मन्त्रालयले प्रतिक्रिया जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

रुसको भारत र पाकिस्तान दुवैसँग राम्रो सम्बन्ध छ । रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सबै प्रकारका आतंकवादको निन्दा गरिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्