site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकै दिन १७ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन एक हजार ७०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्