site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल लाइफको २४औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रूपमा मनाएको छ । वार्षिकोत्सव अवसरमा देशका १० स्थानमा रक्तदान, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविरलगायत विभिन्न कार्यक्रम सञ्चालन गरियो ।

देशका सातै प्रदेशमा रक्तदान कार्यक्रममार्फत कुल ४१२ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले केन्द्रीय कार्यालयमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्