site stats
बाह्रखरी :: Baahrakhari
देश
चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते
प्रतीकात्मक तस्बिर ।

दोधारा चाँदनी (कञ्चनपुर) । चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर आइतबार बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएको बताए ।

रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्