site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा घिमिरे

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरि घिमिरे निर्वाचित भएका छन् । संघको गएको बिहीबार सम्पन्न अधिवेशनबाट घिमिरेको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् ।  

संघको उपाध्यक्षमा डिल्लीराज आचार्य र निर्जल घिमिरे, महासचिव कृष्णप्रसाद खराल, सचिवमा बासु रिजाल र मीनराज शर्मा, कोषाध्यक्षमा रमेश खतिवडा, सह–कोषाध्यक्षमा रेवती राई निर्वाचित भएका हुन् ।

सदस्यमा सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन विक, सुमन राई, सुरज जप्रेल र अमिष शर्मा निर्वाचित भएका छन् ।  

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्