site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारले जेन–जी पुस्ताकेन्द्रित स्टार्टअप योजना ल्याउने 

काठमाडौं । सरकारले आगामी वर्षको बजेटमा जेन–जी पुस्ताकेन्द्रित स्टार्टअप योजना ल्याउने भएको छ । सरकारको आगामी वर्ष ०८२/८३को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले यसको जानकरी संसदलाई गराएका हुन् । 

राष्ट्रपति पौडेलले भने, “सबै उद्योगको बिजनेस प्लान र त्यसको इको सिस्टम निश्चित गरी जेनजी पुस्तालाई विशेष प्राथमिकतमा राखि युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने ।” सरकारको नीति कार्यक्रमलाई उद्यमशीलतामार्फत रोजगारी वृद्धिको नीति पनि सार्वजनिक गरिएको छ । 

“उद्यमशीलता मैत्री शिक्षाको नीति अपनाई श्रम क्षेत्रमा रहेको शीपयुक्त श्रमशक्तिको अभाव र सीप नभएको जनशक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्ने,” उनले भने, यसका लागि हालको पाडठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गर्ने । उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जन वृद्धि गर्ने ।”

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्