site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिद्धार्थ बैंकको सहयोगमा विद्यालय भवनको पुनर्निर्माण 

काठमाडौं । सिद्धार्थ बैंकले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिमस्थित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण सुरु भएको छ । 

विसं. २०८० कात्तिक १७ गते गएको भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुईवटा भवनमध्ये एउटा भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगमा सुरु भएको हो । 

१७५ विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन सञ्चालन भइरहेको विद्यालयले जनाएको छ ।

बैंकले सधैँ बालबालिकालाको उचित र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्