site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य साढे चारहजार रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला चारहजार ६०० रुपैयाँ घटेर एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला एकलाख ८८ हजार १०० रुपैयाँ कारोबार भएको थियो ।

आज चाँदी ५० रुपैयाँ घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्