site stats
बाह्रखरी :: Baahrakhari
खेल
राजीव विक्रम शाह नेतृत्वमा एथलेटिक्स तदर्थ समितिले पायो पूर्णता 

काठमाडौं । नेपाल एथलेटिक्स संघको नेतृत्वको समितिलाई राष्ट्रिय खेलकुद परिषद्ले पूर्णता दिएको छ ।

कर्णाली प्रदेशका मन्त्रीसमेत रहेका राजीव विक्रम शाहको नेतृत्वमा १७ सदस्यीय तदर्थ समितिलाई पूर्णता दिइएको राखेपले जनाएको छ ।

Argakhachi Cement Island Ad

शाहलाई दिइएको पत्रमा भनिएको छ, “उपरोक्त सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवम् माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको अध्यक्षतामा मिति २०८१ चैत २९ गते बसेको १२२औँ बोर्ड बैठकको निर्णयाअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ४ बमोजिम तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम ७ बमोजिम क्रियाशील प्रदेश तथा जिल्ला संघबाट प्रतिनिधिहरुको सहभागितामा तीन महिनाभित्र परिषदको स्वीकृतिमा केन्द्रीय साधारणसभा तथा निर्वाचन गर्ने गरी, परिषदको अध्यक्षबाट प्रमाणित गरी समितिलाई पूर्णता दिई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुरुप निर्वाचन सम्पन्न गरेको १५ दिनभित्र परिषदमा प्रतिवेदन पेश गर्ने गरी परिषदको निर्णयाअनुसार यसै साथ संलग्न सूची अनुसारका सदस्यहरु रहने गरी तपाईंको संयोजकत्वमा नेपाल एथलेटिक्स संघको तदर्थ समिति गठन गरिएको व्यहोरा अनुरोध छ ।”

अब शाह नेतृत्वको तदर्थ समितिले तीन महिनाभित्र निर्वाचन गराउने छ ।

समितिको सदस्यमा कोमल ओली, सञ्जीव तुलाधर, सन्तोषकुमार ढकाल, पूर्वआईजीपी शैलेन्द्र खनाल, पर्लिता राणा मल्ल, मोहन घले, आर के विष्ट, दिलबहादुर बम, शिव आचार्य, राजबहादुर गुरुङ, तेजेन्द्र थापा, अनिरुद्र चौधरी, जियाबुल हक, नन्दु कौचा र जगत सिंह धामी रहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्