site stats
बाह्रखरी :: Baahrakhari
देश
कृषि सडकमा भ्रष्टाचार अभियोगमा नौजनाविरुद्ध मुद्दा

काठमाडौं । कृषि सडक बनाउँदा मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासकीय अधिकृतदेखि उपभोक्ता समितिका अध्यक्ष हुँदै वडाध्यक्षसहित नौजनाविरुद्ध सोमबार (वैशाख १५) विशेष अदालतमा मुद्दा दायर गरेको छ । सर्लाहीको धनकौल गाउँपालिकामा सडक निर्माणक्रममा झुटा भर्पाइ बनाउँदै सात लाख ७९ हजार २०५ रुपैयाँ भ्रष्टाचार गरिएको ठहरसहित मुद्दा चलाएको हो ।

अख्तियारले धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इन्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक र सबइन्जिनियर शशिरन्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीया कुमारी, वडा नम्बर–६ का वडाध्यक्ष श्यामबाबु साहलाई अभियुक्त बनाएको छ । अभियुक्तलाई कैद र जरिवानाको मागदाबी गरिएको छ ।

अख्तियारको दाबीअनुसार, उनीहरूले कृषि बाटो निर्माण योजनामा मिलेमतो गरी तोकिएको सर्त–सम्झौताविपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको प्रतिवेदन बनाउँदै भ्रष्टाचार गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्