site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार फेरबदलको हल्ला नचलाउन सांसद विष्टको आग्रह

काठमाडौं । नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद गोकर्ण विष्टले प्रतिपक्षलाई सरकार फेरबदलको हल्ला नचलाउन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद विष्टले सत्तापक्षले पनि सरकार परिवर्तनको बहसमा अल्झन नहुने बताए ।

परम्परागतवादीले लोकतन्त्रविरुद्ध उभिने हिम्मत गरिरहेका बेला लोकतन्त्रवादी औचित्यहीन बहसमा अल्झिन नहुने उनको भनाइ छ । उनले बजेट अधिवेशनलाई सफल बनाएर नागरिकमा नयाँ सन्देश दिनुपर्ने पनि बताए ।

“कहिलेकाहीँ त यस्तो लाग्ने गर्छ, सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा ? कहिलेकाहीँ चिन्न पनि गाह्रो हुने अवस्था हुन्छ । यसबाट माथि उठौँ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्