site stats
बाह्रखरी :: Baahrakhari
देश
दैलेखमा कक्षा १२ को परीक्षा केन्द्राध्यक्षले दिए राजीनामा

काठमाडौं । दैलेखको एक विद्यालयका प्रधानाध्यापकले कक्षा १२ को परीक्षाको केन्द्राध्यक्षबाट राजीनामा दिएका छन् । 

आठबीस नगरपालिकाको तिलेपाटास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले शिक्षक आन्दोलनलाई समर्थन गर्दै केन्द्राध्यक्षबाट राजीनामा दिएका हुन् ।

Argakhachi Cement Island Ad

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै उनले लेखेको राजीनामापत्रमा हुकुमी शैलीमा परीक्षा केन्द्रमा जान आदेश दिइएको आरोप लगाइएको छ । 

शिक्षक महासंघले परीक्षामा सामेल नहुन निर्णयसहितको सूचना जारी गरेपछि कक्षा १२ को केन्द्र नम्बर १०४२ को केन्द्राध्यक्ष पदबाट राजीनामा दिएको उनले जानकारी दिएका छन् ।

492008018_29440972952182783_3283221724743913347_n-1745326261.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्