site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् । 

सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री राणाले नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी हुन् । 

वार्षिक २२ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने लक्ष्य लिइएको उक्त नाका तथा भन्सार कार्यालयको मन्त्री राणाका साथै कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहितको टोलीले निरीक्षण गरेको हो । 

उनले पर्यटन प्रवर्द्धनका हिसाबले पनि महत्वपूर्ण रहेको नाकाबाट चीनको धार्मिक पर्यटकीयस्थल मानसरोबरका लागि सहज हुने भन्दै नाकालाई थप व्यवस्थित गर्नुपर्ने बताइन् । 

राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं–कोदारी राजमार्गका साथै तातोपानी नाकासँग जोडिएका अन्य सडकहरूको पनि स्तरोन्नति गर्न सरकारले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाइन् । 

मन्त्री राणाले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालासँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श गरेकी छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्