site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो 

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

बिहीबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८०० घटेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदी एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्