site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रतिकूल मौसमका कारण उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय विमान उडान प्रभावित भएको छ । 

त्रिभुवन विमानस्थलका स्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अन्तर्राष्ट्रियतर्फको इन्डिगो विमान डाइभर्ट भई भारतको वाराणसी पुगेको छ ।
 
यस्तै, आन्तरिकतर्फ भैरहवा, नेपालगन्ज, धनगढी विमानस्थलको मौसम प्रतिकूल बन्दा उडानहरू प्रभावित भएका थिए । 

मौसम सुधार भएपछि भैरहवातर्फको उडान अहिले सुचारु भएको छ भने बाँकी पश्चिमी क्षेत्रको उडान प्रभावित हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्