site stats
बाह्रखरी :: Baahrakhari
देश
विमानस्थलको आगमनकक्षमा युवकमाथि कुटपिट गर्ने तीन प्रहरी रानीपोखरी तानिए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकमाथि अभद्र व्यवहार गर्दै कुटपिट गर्ने तीनजना प्रहरी कर्मचारीमाथि छानबिन हुने भएको छ । 

चैत ३१ गते दुबईबाट नेपाल फर्किएका सञ्जय ओझालाई उनीहरूले हातपात गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।

प्रहरीले विमानस्थलको आगमनकक्षाबाट नियन्त्रणमा लिएर उनलाई कुटपिट गरेका थिए । लगेज ट्रलीमा राखेको विषयमा भएको सामान्य विवादको विषयमा आफूमाथि दुर्व्यवहार भएको सञ्जयले बताएका छन् ।

सोही भिडियोका आधारमा तीनजना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षागार्डबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेर छानबिन थालिएको कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्