site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल र भारत महानिर्देशकस्तरीय वार्ता : समन्वय र सहकार्यमा जोड

काठमाडौं । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनका लागि वार्ता सुरु भएको छ । दुई देशबीचको अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीबीच काठमाडौंमा वार्ता सुरु भएको हो ।

वार्तामा दुई देशका भन्सार कार्यालयबीच निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचना अग्रीम रूपमा उपलब्ध गराउनेलगायत विषयमा छलफल हुनेछ । 

तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागु गर्ने, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणलगायत विषयमा छलफल हुने सूचना अधिकारी नारायणप्रसाद रेग्मीले बताए ।

छलफलमा नेपालले लागु गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रूपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधीन एकीकृत जाँच विन्दु (इन्टिग्रेटेड चेक प्वाइन्ट)लाई लक्षित समयसीमाभित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागु गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्नेलगायत विषयमा समेत छलफल हुनेछ । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्