site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको उदाहरण दिएर लिङदेनले औँल्याए प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको आवश्यकता 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता औँल्याएका छन् । मंगलबार (चैत २६) काठमाडौंको बल्खुमा आयोजित ‘खबरदारी सभा’मा उनले केही गर्न नसक्ने तर नराम्रो गर्दा रोक्ने राजतन्त्र आफूहरूले चाहेको पनि बताए ।

“हामीलाई सक्रिय राजतन्त्र खोजी गर्‍यो भन्दै छन् । हामीले त्यस्तो संवैधानिक राजा भनेका छौँ – जसले केही पनि गर्न सक्दैन, तर नराम्रो हुन लाग्यो भने रोक्न सक्छन्,” लिङदेनले भने, “देशभरको प्रतिनिधित्व गर्ने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीले शासन गर्छ ।”

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता देखाउन वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिलाई दृष्टान्त दिए । “वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा झापा–२ मा रंगशाला मागेर फर्कनुभयो,” उनले भने, “एउटा सानो निर्वाचन क्षेत्रबाट निर्वाचित प्रधानमन्त्रीले शासन गर्दा यस्तै हुन्छ । त्यसकारण सिंगो देशबाट निर्वाचित हुने प्रधानमन्त्री आवश्यक हुन्छ ।”

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्