site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महिला उद्यमीमा वित्तीय साक्षरता बढाउन अन्तरक्रिया

काठमाडौं । ईबैंकिङ र व्यक्तिगत वित्तमा महिला सशक्तीकरणका निम्ति डिजिटल वित्तीयका आधारभूत सिप र संशाधनबारे अन्तरक्रिया गरिएको छ । बुधबार नारी टेलिभिजको आयोजनामा भएको कार्यक्रममा वित्तीय स्रोतमा पहुँच र व्यवस्थापनमा रहेका चुनौतीबारे चर्चा गरिएको छ ।

कार्यक्रममा करिब १०० महिला उद्यमी सहभागी थिए । अन्तरक्रियामा ग्लोबल आईएमई बैंक र कामना सेवा विकास बैंकका प्रतिनिधिले वित्तीय साक्षरता, नेपालमा अभ्यासमा रहेका बैंकिङ क्षेत्रका डिजिटल सेवाबारे जानकारी गराएका थिए ।

अन्तरक्रियामा नारी टेलिभिजनकी अध्यक्ष निकिता पौडेलले नेपाली महिलाको वित्तीय समावेशीकरणमा वृद्धि भए पनि वित्तीय साक्षरता, डिजिटल बैंकिङ पहुँच र आर्थिक सहभागितामा अन्तर कायमै रहेको बताइन् । कार्यक्रममार्फत त्यसलाई कम गर्ने प्रयास गरिएको उनको भनाइ छ ।

कार्यक्रममा सहभागी महिलाहरूले  वित्तीय क्षेत्रमा भोगेका समस्या राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्