site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य उच्च विन्दुबाट घटेको छ । लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँ घटेको हो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ११५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्