site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्सेमा हरियाली, ४१ अंकले बढ्दा ५ अर्ब २२ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४१.६७ अंकले बढेको छ । बिहीबार नेप्से १.५८ प्रतिशतले बढेर २६६३.५४ को विन्दुमा पुगेको छ ।

यस दिन ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँमा ९७ लाख ७२ हजार १९६ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा रहेका २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने, १६ कम्पनीको सेयर मूल्य घटेको छ ।

सबैभन्दा धेरै गुरास र सिर्जनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कुमारी सबल योजनाको सेयर मूल्य १.८२ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार क्षेत्रको सेयरमूल्य ५.०५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्