site stats
बाह्रखरी :: Baahrakhari
देश
अर्जुनचौपारीमा बाटो ढलान गर्दा २३ लाख भ्रष्टाचार, १२ जना दोषी ठहर

काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा बाटो ढलान गर्दा २३ लाख २५ हजार ७९५ भ्रष्टाचार गरेको ठहर भएको छ । बुधबार उपभोक्ता समितिका पदाधिकारीसहित १२ जना दोषी ठहर भएका छन् ।

दोषी ठहर भएका सबैलाई तीन महिना कैद सजाय निर्धारण भएको छ । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्