site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विश्व कविता महोत्सव सम्पन्न 
Argakhachi Cement Island Ad

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले ‘विश्व कविता महोत्सव–२०२५’को आयोजना गर्दै कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा हालै आयोजित कार्यक्रममा उपत्यकाका ७५ जना र उपत्यका बाहिरका २५ जना गरी १०० जना कवि साहित्यकारले आ–आफ्ना कविता वाचन गरे । 

कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि तुलसी दिवसले साहित्य र कविताले समाजको जागरणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस्ता आयोजनले नेपाली साहित्यलाई विश्व परिप्रेक्षमा उभ्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा डा. बेन्जु शर्मा, भागीरथी श्रेष्ठ, प्रा. डा. भरत भट्टराई, डा. विप्लव ढकाल, ज्ञान उदास, नरेन्द्रराज पौडेल, भीष्म उप्रेती, किशोर पहाडी, प्रभा भट्टराई, रवीन्द्र आशिष शैली, सुनिता कन्दङ्वा राई, डा. शेखरकुमार श्रेष्ठ, बुद्धिमान महर्जन, असीम सागर, नीरा श्रेष्ठ, सुरेश सुवेदी, प्रमोद सारङ, एलपी पराजुलीलगायतले कविता वाचन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्