site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी आइतबार (चैत १० गते)देखि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्